Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > डेपुटी गभर्नर पण्डितको सम्पत्ति विवरण सार्वजनिक

डेपुटी गभर्नर पण्डितको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विवरण राष्ट्र बैंकले सार्वजनिक गरेको हो।

उनको परिवार र आफन्तका नाममा काठमाडौँ, कैलाली र तनहुँमा जग्गा रहेको छ। पत्नीका नाममा टोखा र तारकेश्वरमा करिब २ करोड ८९ लाख रुपैयाँ बराबरको जग्गा छ भने धनगढीमा १० लाख रुपैयाँ बराबरको जग्गा उनको नाममा छ। पैतृक सम्पत्तिमा दमौलीमा ११ रोपनी र काठमाडौँमा ६ रोपनी जग्गा तथा घर समावेश छन्।

उनसँग २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँ बराबरको हिरा छ। साथै बैंक तथा सञ्चय कोषमा २ करोड रुपैयाँभन्दा बढी बचत र विभिन्न कम्पनीमा ७ सयभन्दा बढी कित्ता सेयर लगानी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *