Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > खाडी रोजगारी खुल्दै गर्दा विदेशिनेको लहर, दुई दिनमै ५,७०० बढीले लिए श्रम स्वीकृति

खाडी रोजगारी खुल्दै गर्दा विदेशिनेको लहर, दुई दिनमै ५,७०० बढीले लिए श्रम स्वीकृति

खाडी तथा पश्चिम एसियाका १२ देशमा रोकिएको वैदेशिक रोजगारी पुनः खुलेसँगै विदेशिनेको संख्या तीव्र रूपमा बढेको छ। श्रम स्वीकृति खुलेको पहिलो दुई दिनमै ५ हजार ७३० जनाले अनुमति लिएका छन्।

यसमध्ये ३ हजार ४८३ जना खाडी र पश्चिम एसियाली मुलुकतर्फ गएका छन्। पहिलो दिन २,७३४ र दोस्रो दिन २,९९६ जनाले श्रम स्वीकृति लिएका हुन्।

इजरायल–इरान तनावका कारण केही समय रोकिएको प्रक्रिया युद्धविरामपछि पुनः सुरु गरिएको हो। श्रम मन्त्रालयले १२ देशमा रोकिएको स्वीकृति वैशाख ७ गतेदेखि फेरि खुला गरेको थियो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५ लाख ८७ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *