Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > इजरायल–लेबनान युद्धविराम ३ साताका लागि बढ्यो: ट्रम्प

इजरायल–लेबनान युद्धविराम ३ साताका लागि बढ्यो: ट्रम्प

काठमाडौं । डोनाल्ड ट्रम्प ले इजरायल र लेबनान बीचको युद्धविराम तीन साताका लागि विस्तार भएको घोषणा गरेका छन्। ह्वाइट हाउसमा भएको वार्तापछि उनले यस्तो जानकारी दिएका हुन्।

ट्रम्पले बेन्जामिन नेतान्याहू र जोसेफ आउन लाई चाँडै ह्वाइट हाउसमा आमन्त्रण गर्ने योजना पनि सार्वजनिक गरेका छन्।

यसैबीच इरान सँगको सम्भावित सम्झौता अमेरिकाको हितअनुसार मात्र हुने बताउँदै उनले हतारमा निर्णय नलिइने स्पष्ट पारे। साथै, इरानविरुद्ध आणविक हतियार प्रयोग नहुने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *