काठमाडौं । हर्क साम्पाङ ले सुकुम्वासी बस्ती खाली गराउने सरकारी तयारीप्रति कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले सरकारको कदमले गरिब र असहाय नागरिकमाथि अन्याय हुने बताएका हुन्।
उनले राज्यको दायित्व कमजोर वर्गको संरक्षण गर्नु भए पनि वर्तमान निर्णय उल्टो भएको टिप्पणी गरे। साथै, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी लाई चुनावी प्रतिबद्धता स्मरण गराउँदै सुकुम्वासीलाई धनीपूर्जा दिने वाचा किन पूरा नभएको भनी प्रश्न उठाए।
साम्पाङले शासक र विपन्न वर्गबीचको जीवनस्तरको ठूलो अन्तर पनि औँल्याउँदै वास्तविक पीडा नबुझिएको आरोप लगाए।


