भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुर ले छ महिनाभित्र एक लाख ७६ हजारभन्दा बढी सवारी अनुमति पत्र वितरण गर्ने योजना बनाएको छ।
कार्यालयका अनुसार हालसम्म करिब ३ हजार लाइसेन्स वितरण भइसकेको छ भने अझै ठूलो संख्यामा छपाइ हुन बाँकी छ। दैनिक सीमित क्षमताका कारण सबै वितरण गर्न करिब ६ महिना लाग्ने बताइएको छ।
अधिकारीहरूले सेवाग्राहीलाई भीड नगरी क्रमशः आउन आग्रह गर्दै मोबाइल एपमार्फत लाइसेन्स देखाएर पनि सवारी चलाउन सकिने जानकारी दिएका छन्। चार वर्षदेखि प्रतीक्षामा रहेका सेवाग्राहीका कारण कार्यालयमा भीड बढेको छ।


