Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगरको शैलजा आचार्य हृदय रोग केन्द्र खाली गर्न ३० दिने अल्टिमेटम

विराटनगरको शैलजा आचार्य हृदय रोग केन्द्र खाली गर्न ३० दिने अल्टिमेटम

विराटनगरमा सञ्चालनमा रहेको ‘शैलजा आचार्य हृदय रोग केन्द्र’लाई जग्गाधनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३० दिनभित्र जग्गा खाली गर्न अल्टिमेटम दिएको छ।

कोभिड–१९ महामारीका बेला अस्थायी रूपमा प्रयोगका लागि दिइएको जग्गामा पछि कुनै औपचारिक सम्झौता वा भाडा नतिरी स्थायी संरचना बनाएर अस्पताल सञ्चालन गरिएको भन्दै कम्पनीले आपत्ति जनाएको छ। कम्पनीका अनुसार हालसम्म भाडा पनि तिरिएको छैन।

प्रदेश सरकारले वार्षिक १० देखि १५ लाख रुपैयाँ भाडा प्रस्तावबारे छलफल गरे पनि सहमति भएको छैन। कम्पनीले उक्त स्थानमा गोदाम निर्माण गर्ने योजना बनाएको छ।

समयमै जग्गा खाली नगरिए कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ। अस्पतालको भविष्यबारे अन्योल बढ्दा कर्मचारी र बिरामी प्रभावित हुने चिन्ता देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *