काठमाडौंको साँखुमा लागूऔषध नियन्त्रण ब्युरोको कारबाहीका क्रममा गोली चलेको छ।
लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि प्रतिकारमा गोली प्रहार भएपछि प्रहरीले जवाफी फायर गरेको हो। घटनामा एक जना घाइते भएका छन् भने घटनास्थलबाट एक थान पेस्तोल बरामद गरिएको ब्युरोले जनाएको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।


