काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले उपत्यकाका सुकुम्वासी बस्तीमा बस्ने अधिकांश व्यक्तिको अन्यत्र घरजग्गा रहेको दाबी गर्दै ‘नक्कली’ सुकुम्वासीको विवरण सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
वाग्मती सभ्यतालगायत निकायबाट संकलित लगतअनुसार धेरैजसो बासिन्दा ‘हुने–खाने’ भएको पाइएको भन्दै सरकारले त्यस्ता व्यक्तिलाई कुनै विकल्प नदिने स्पष्ट पारेको छ।
अब सबै विवरण डिजिटल प्रणालीमा राखी तथ्यका आधारमा ‘सक्कली’ र ‘नक्कली’ छुट्याएर समस्या समाधान गर्ने रणनीति लिइएको सचिवालयले जनाएको छ।


