Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > विस्थापित सुकुम्वासीलाई दुई दिन निःशुल्क खाना

विस्थापित सुकुम्वासीलाई दुई दिन निःशुल्क खाना

काठमाडौं । सुकुम्वासी बस्ती हटाउने क्रममा सरकारले प्रभावित परिवारका लागि तत्काल राहतको व्यवस्था गरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार स्थानान्तरण हुने सुकुम्वासीलाई शनिबार र आइतबार प्याकेटमा खाना उपलब्ध गराइनेछ। पुनःस्थापनाका लागि चयन गरिएका स्थानहरूमा पानी, बिजुली र शौचालयको व्यवस्था समेत मिलाइसकिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *