काठमाडौं । नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा रहने सरकारको निर्णयको पूर्वप्रहरी संगठन प्रमुख मञ्चले स्वागत गरेको छ।
यसअघि २०७५ मा उक्त जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय भएको थियो। तर हाल प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले उक्त निर्णय सच्याउँदै जग्गा प्रतिष्ठानमै रहने व्यवस्था गरेको हो।
पूर्वआईजीपी मोतिलाल बोहराले विज्ञप्ति जारी गर्दै सरकारको निर्णयप्रति धन्यवाद व्यक्त गरेका छन्।


