काठमाडौं । चीनको सान्यामा जारी छैटौँ एसियन बिच गेम्समा नेपालले महिला कबड्डीमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ। यससँगै नेपालले कम्तीमा काश्य पदक पक्का गरेको छ।
शनिबार भएको खेलमा नेपालले थाइल्यान्डलाई ४९–३३ अंकले पराजित गर्यो। यसअघि नेपालले चाइनिज ताइपेईलाई ४८–३२ ले हराएको थियो।अब नेपालले आइतबार बंगलादेशसँग लिग चरणको अन्तिम खेल खेल्नेछ। उक्त खेल जितेमा नेपाल समूह विजेता बन्नेछ।


