Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > १२ दिनमै ४२२ विपद् घटना, २३ जनाको मृत्यु

१२ दिनमै ४२२ विपद् घटना, २३ जनाको मृत्यु

काठमाडौँ, वैशाख १३ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का अनुसार वैशाख १ देखि १२ गतेसम्म देशभर ४२२ विपद्का घटना भएका छन्।

ती घटनामा २३ जनाको मृत्यु र ७३ जना घाइते भएका छन्। आगलागी र डढेलोका घटना सबैभन्दा बढी देखिएका छन् भने चट्याङ, हुरीबतास, सर्पदंश लगायतका घटनासमेत बढेका छन्।

प्राधिकरणका अनुसार २७ जिल्ला प्रभावित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै ३२ वटा विपद्का घटना भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *