Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुकुम्बासी व्यवस्थापनबारे मानव अधिकार आयोगको फिल्ड अनुगमन

सुकुम्बासी व्यवस्थापनबारे मानव अधिकार आयोगको फिल्ड अनुगमन

सुकुम्बासीको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली फिल्डमा खटिएको छ।

आइतबार आयोगको टोलीले कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग भवनमा राखिएका सुकुम्बासीहरूको अवस्था निरीक्षण गरेको हो। हालै थापाथली र गैह्रीधारा क्षेत्रबाट हटाइएका सुकुम्बासीहरूलाई त्यहाँ तथा अन्य स्थानमा अस्थायी रूपमा राखिएको छ।

सुकुम्बासी हटाउने क्रममा मानव अधिकार हनन भएको आरोपपछि आयोगले अनुगमन सुरु गरेको जनाएको छ। आयोगले पहिलेका सिफारिसअनुसार वास्तविक सुकुम्बासी पहिचान गरी वैकल्पिक व्यवस्था गरेर मात्र व्यवस्थापन गर्न सरकारलाई आग्रह गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *