भक्तपुरको मनोहरा सुकुम्वासी बस्ती हटाउने क्रममा आइतबार बिरामी व्यक्तिको उद्धार गरिएको छ।
बस्तीमा घरटहरा भत्काउने कार्य चलिरहेको बेला सुरक्षाकर्मीहरूले बिरामीलाई सुरक्षित रूपमा उद्धार गरेका हुन्। कडा सुरक्षा घेराभित्र भइरहेको अभियानका बीच मानवीय सहायता र स्थानान्तरण कार्य पनि सँगसँगै अघि बढाइएको छ।


