शनिबार साँझ परेको भारी वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध भएको छ।
धौलापहिरा, काँडाबगर, किमुबोटलगायत दर्जनौँ स्थानमा लेदो र पहिरो झर्दा सडक बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ। सहायक सडकहरू पनि अवरुद्ध भएका छन्।
स्थानीय तहको सहयोगमा पहिरो पन्छाउने प्रयास भइरहेको छ। मौसम अनुकूल नभएसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ। साथै, जिल्लामा विद्युत् सेवा अवरुद्ध हुनुका साथै असिनाले बालीमा पनि क्षति पुगेको छ।


