काठमाडौं । डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णयविरुद्ध परेको रिट दरपीठ सम्बन्धी निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा सुनुवाइ जारी रहेको हो। रिट निवेदकहरूले दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णय बदर गर्न माग गरेका छन्। यता, डा. शर्मा भने प्रधानन्यायाधीशको पदभार सम्हालिसकेका छन्।


