काठमाडौं उपत्यकाका अव्यवस्थित बस्ती हटाइएपछि सरकारले भूमिहीन तथा सुकुम्बासीहरूको स्क्रिनिङ प्रक्रिया सुरु गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अस्थायी डेस्क राखेर वास्तविक सुकुम्बासी पहिचान गर्ने काम भइरहेको छ। साथै, त्यहाँ पुगेका व्यक्तिहरूको शारीरिक र मानसिक स्वास्थ्य जाँच पनि भइरहेको छ।
स्वास्थ्यकर्मीको टोलीले रक्तचाप, चोटपटक, गर्भवती अवस्था लगायतका समस्या जाँच गर्नुका साथै मनोसामाजिक परामर्श समेत दिइरहेको छ। अधिकारीहरूका अनुसार धेरैले पारिवारिक र रोजगारीसम्बन्धी चिन्ता व्यक्त गरेका छन्।


