काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो हाताभित्र रहेको क्रिकेट रंगशाला तथा अन्य अतिक्रमित जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ।
त्रिविले १८ वटा संघ–संस्थालाई जग्गा खाली गर्न पत्राचार गरेको छ। सोही सूचीमा नेपाल क्रिकेट संघ (क्यान) पनि परेको छ, जसको त्रिविसँगको सम्झौता यही महिनाअन्त्यमा सकिँदैछ।
त्रिवि प्रशासनले अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत यो कदम चालिएको जनाएको छ। तर क्यानले सम्झौता नवीकरणका लागि सरकारमार्फत अनुरोध गर्ने निर्णय गरेको छ।
सरकारले त्रिवि मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका रूपमा विकास गर्ने गुरुयोजना स्वीकृत गरिसकेको भए पनि खाली गर्ने निर्णयपछि परियोजना अन्योलमा परेको छ।


