काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ।
बैठकमा संसदीय दलको नेता चयनबारे छलफल हुने र सभापति गगन थापाले सहमतिका लागि नाम प्रस्ताव गर्ने तयारी रहेको पार्टी स्रोतले जनाएको छ।
कार्यसम्पादन बैठकपछि दिउँसो १ बजे सांसदहरूसँग छुट्टै छलफल हुने कार्यक्रम पनि तय भएको छ।
यसअघि सहमतिमै दलको नेता चयन गर्ने भन्दै निर्वाचन प्रक्रिया स्थगन गरिएको थियो।


