Friday, June 05, 2026
Home > स्थानीय समाचार > बाढीले पुल बगायो, भोजपुर–चखेवा सडक अवरुद्ध

बाढीले पुल बगायो, भोजपुर–चखेवा सडक अवरुद्ध

भोजपुरमा भारी वर्षापछि आएको बाढीले मोटरेबल पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्ण रूपमा बन्द भएको छ।

भोजपुर नगरपालिका–५ बोखिमस्थित चाल्से खोल्साको पुल शनिबार राति बगाएपछि यातायात ठप्प भएको हो। यसले स्थानीय आवतजावत, बिरामी ओसारपसार र सामान ढुवानीमा समस्या उत्पन्न गरेको छ।

सडक डिभिजन कार्यालयले क्षतिको अध्ययन गर्दै अस्थायी रूपमा सडक सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *