Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सहकारी पीडितलाई राहत दिन सरकारले ल्यायो चक्रीय कोष कार्यविधि

सहकारी पीडितलाई राहत दिन सरकारले ल्यायो चक्रीय कोष कार्यविधि

काठमाडौं, १३ वैशाख। सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्न ‘चक्रीय कोष’ सम्बन्धी नयाँ कार्यविधि लागू गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा प्रकाशित गर्दै कार्यविधि कार्यान्वयनमा ल्याएको जनाएको छ।

कार्यविधिअनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत कोष स्थापना गरी बचतकर्ताको रकम फिर्ता गरिनेछ। कोषमा सरकारी रकम, संस्थाको सम्पत्ति बिक्रीबाट प्राप्त रकम तथा अपचलनमा संलग्न व्यक्तिबाट असुल गरिएको रकम राखिनेछ।

साना बचतकर्ता, ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर बैंक खातामार्फत बचत फिर्ता गरिने व्यवस्था गरिएको छ। साथै, ऋण नतिरेका बचतकर्तालाई भने रकम फिर्ता नदिइने प्रावधान पनि राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *