काठमाडौँ । राजधानीका गैरीगाउँ र मनोहरा क्षेत्रका सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन गरी संरचना हटाउने काम जारी छ।
गैरीगाउँमा बिहानदेखि दुई वटा डोजर प्रयोग गरी अतिक्रमित संरचना हटाइएको छ भने भक्तपुरको मनोहरा बस्तीमा १७ वटा डोजरमार्फत घर–टहर भत्काउने काम भइरहेको छ।
मनोहरामा आइतबारदेखि नै हटाउने प्रक्रिया सुरु गरिएको थियो भने यसअघि थापाथली र गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाइएको थियो।


