पोखरा । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेसँगै बसपार्क क्षेत्रका करिब साढे ४ सय घरधुरी त्रासमा परेका छन्।
बसपार्क र संस्थान क्षेत्रमा डोजर चल्न सक्ने आशंकाले स्थानीय सुकुमवासी र अव्यवस्थित बसोबासीहरू चिन्तित बनेका छन्। महानगरले ३५ दिनभित्र अतिक्रमित संरचना हटाउन निर्देशन दिएको छ।
महानगरले बसपार्क, फिर्के खोला र अन्य सार्वजनिक जग्गामा रहेको अतिक्रमण हटाउने तयारी गरेको बताएको छ। यसबीच सुकुमवासी अधिकार मञ्चले विस्थापन रोक्न संघर्ष समिति गठन गरेको छ।
बसपार्क क्षेत्रमा विगतदेखि नै जग्गा कब्जा, राजनीतिक प्रभाव र अव्यवस्थित बसोबासका कारण समस्या जटिल बन्दै आएको छ।


