काठमाडौं । छैटौँ बिच एसियन गेम्स २०२६ अन्तर्गत महिला बिच कबड्डीको उपाधि भारतले जितेको छ भने नेपालले कास्य पदक हासिल गरेको छ।
फाइनलमा भारतले श्रीलंकालाई ४७–३१ ले पराजित गर्दै लगातार छैटौँ पटक उपाधि आफ्नो नाममा पारेको हो। श्रीलंकाले भने पहिलो पटक रजत पदक जितेको छ।
नेपाल सेमिफाइनलमा श्रीलंकासँग पराजित भएपछि कास्य पदकमा सीमित भएको हो। बंगलादेशले पनि कास्य पदकमै चित्त बुझाएको छ।
नेपालकी कप्तान मनमती विष्टले पदक जितेर स्वदेश फर्कन पाउँदा खुसी लागेको बताएकी छन्।


