काभ्रेमा लगातारको वर्षापछि अवरुद्ध बिपी राजमार्ग खुलाउने काम भइरहेको छ।
रोशी खोलामा आएको बाढी र डाइभर्सन क्षतिका कारण सडक पटक–पटक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। पानी रोकिएमा आज बेलुकीसम्म सडक सञ्चालनमा ल्याउने सम्भावना रहेको बताइएको छ।
हाल साना सवारी भकुण्डे–मङ्गलटारको वैकल्पिक मार्गबाट चलिरहेका छन् भने ठूला गाडी दोलखा–खुर्कोट मार्ग प्रयोग गरिरहेका छन्।


