शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुकुमबासी बस्ती स्थानान्तरणका कारण प्रभावित विद्यार्थीहरूको व्यवस्थापनका लागि ६ बुँदे सर्कुलर जारी गरेको छ।
मन्त्रालयले सबै स्थानीय तहलाई प्रभावित विद्यार्थीलाई नजिकको विद्यालयमा स्थानान्तरण गर्न सहजीकरण गर्न निर्देशन दिएको छ। साथै कक्षा १२ परीक्षा दिने विद्यार्थीलाई परीक्षा केन्द्रसम्म पुग्न आवश्यक सहयोग गर्न र प्रभावित विद्यालयका लागि वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरिएको छ।
विद्यार्थीको समस्या, गुनासो र समन्वयका विषयमा स्थानीय तहमार्फत मन्त्रालयलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ।


