Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > माइतीघरमा तनाव: महेश बस्नेतकी पत्नी र प्रदर्शनकारीबीच झडप

माइतीघरमा तनाव: महेश बस्नेतकी पत्नी र प्रदर्शनकारीबीच झडप

काठमाडौंको माइतीघर मण्डलामा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठक समूहबीच झडप भएको छ।

सुधन गुरुङको पुनर्वहालीको माग गर्दै धर्नामा बसेका समूह र अम्बिकाबीच विवाद बढ्दै जाँदा घम्साघम्सी भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले हस्तक्षेप गर्दै केहीलाई नियन्त्रणमा लिएको छ।

प्रदर्शनकारीहरूले अम्बिका पक्षले आक्रमण गरेको आरोप लगाएका छन् भने घटनाबारे थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *