सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत तीन मुख्य निर्णय गरेको छ।
बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्नुका साथै सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ।
यस्तै, सुरक्षण मुद्रण केन्द्रलाई सार्वजनिक निकायको सूचीमा समावेश गरी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न अनुमति दिने निर्णय पनि गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।


