काठमाडौँ, १४ वैशाख। सरकारका प्रवक्ता सस्मित पोखरेलले टियु क्रिकेट मैदान र त्यसको संरचना नभत्काउने बताएका छन्। सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, “नयाँ एग्रिमेन्ट हुनेछ, खाली गराउने उद्देश्य छैन।” यसअघि टियु प्रशासनले ३५ दिनभित्र टियु परिसरका संरचनाहरू हटाउन सूचना जारी गरेको थियो।


