दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोर काठमाडौं आउने भएका छन्।
उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटका लागि समय मागेका छन्। साथै परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।
यो भ्रमणलाई नेपाल–अमेरिका सम्बन्धको निरन्तरताको रूपमा हेरिएको छ।


