वैदेशिक रोजगार विभागले नियमविपरीत काम गरेको भन्दै तीन म्यानपावर कम्पनीमाथि कारबाही गरेको छ।
एसोसिएट वेलकम इन्टरनेसनललाई बिना अनुमति शाखा सञ्चालन र सामाजिक सञ्जालमार्फत विज्ञापन गरेको आरोपमा २ लाख रुपैयाँ जरिवाना गरिएको छ।
यस्तै, मास ह्युमन रिसोर्स र टेस्ला ओसिज् कम्पनीलाई नियम उल्लंघन नगर्न चेतावनी दिइएको विभागले जनाएको छ।


