काठमाडौं, वैशाख १४ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका सबै निकायलाई सरकारी कार्यक्रम अबदेखि होटेल तथा रिसोर्टमा नगर्न निर्देशन दिएको छ।
मन्त्रालयले जारी गरेको परिपत्र अनुसार बैठक, गोष्ठी, तालिम र सेमिनार लगायतका सबै कार्यक्रम अब कार्यालय परिसर वा सरकारी सभा हलभित्र मात्रै सञ्चालन गर्नुपर्नेछ।
सरकारी खर्च नियन्त्रण र मितव्ययी प्रशासन प्रवर्द्धन गर्ने उद्देश्यसहित यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।


