काठमाडौं — सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराउन सीआईबीलाई आदेश दिएको छ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै पक्राउ र थुनाको कारणसहित लिखित जवाफ पेश गर्नसमेत निर्देशन दिएको हो।
गोल्छालाई थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको थियो। उनीमाथि धितोपत्र कारोबारसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको हो।


