Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > राप्रपा उपाध्यक्ष विक्रम पाण्डे ८ दिन म्याद थपसहित हिरासतमा, ठेक्का अनियमितता सम्बन्धी अनुसन्धान तीव्र

राप्रपा उपाध्यक्ष विक्रम पाण्डे ८ दिन म्याद थपसहित हिरासतमा, ठेक्का अनियमितता सम्बन्धी अनुसन्धान तीव्र

काठमाडौं — ठेक्कापट्टामा अनियमितताको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंको आदेशपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो। पाण्डेलाई शुक्रबार सीआईबीले पक्राउ गरेको थियो।

उनी कालीका कन्स्ट्रक्सनका सञ्चालकसमेत हुन्। सार्वजनिक खरिद प्रणाली (इ–बिडिङ) मा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काको विवरण हेरफेर गरी लाभ लिएको आरोप उनीमाथि छ।

यो प्रकरणमा हालसम्म १३ जनालाई पक्राउ गरिएको छ, जसमा ७ जना निर्माण व्यवसायी छन्। प्रहरीले संगठित अपराध अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *