काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगित गरेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश ल्याएको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले दुवै अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपति समक्ष पठाएको हो।
संसद् वैशाख १७ का लागि आह्वान गरिएको भए पनि सरकारले त्यसअघि नै अधिवेशन स्थगन गर्न सिफारिस गरेको थियो, जसअनुसार अधिवेशन रोकिएको हो।
संवैधानिक परिषद्मा नियुक्ति प्रक्रिया र सहकारी समस्याको समाधानका लागि अध्यादेश ल्याइएको बताइएको छ।
अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेको र अध्ययन भइरहेको जनाइएको छ।


