Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > चुडामणि शर्माविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतमा पुनः सुनुवाइ

चुडामणि शर्माविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतमा पुनः सुनुवाइ

काठमाडौं । आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतमा आज सुनुवाइ हुँदैछ।

न्यायाधीशद्वयको इजलासमा गैरकानुनी सम्पत्ति आर्जन र राजस्व चुहावटसम्बन्धी मुद्दा पुनः सुनुवाइका लागि पेसी तोकिएको हो।

कर फर्छ्यौट आयोगमार्फत कर छुट दिँदा राज्यलाई अर्बौँ रुपैयाँ नोक्सान भएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो।

यसअघि विशेष अदालतले दोषी ठहर गरेको मुद्दा सर्वोच्चले त्रुटिपूर्ण भन्दै पुनः सुनुवाइका लागि फर्काएपछि प्रक्रिया फेरि अघि बढेको हो।

शर्मामाथि गैरकानुनी सम्पत्ति आर्जनको अर्को मुद्दा पनि चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *