विराटनगर। विराटनगर–१८ भेडियारीमा बुधबार बिहान गोठमा आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार राति करिब २:३० बजे लागेको आगो दमकल, प्रहरी र स्थानीयको प्रयासमा एक घण्टापछि नियन्त्रणमा आएको थियो। आगलागीमा गहुँको भुस जलेर नष्ट भएको छ, एक बाछो मरेको छ भने दुई गाई सामान्य घाइते भएका छन्।
मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। प्रारम्भिक रूपमा विद्युत् सर्ट आगलागीको कारण हुन सक्ने अनुमान गरिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।


