विराटनगर — विराटनगर महानगरपालिका–५ की इन्दिरा बरालले वर्षौँको कानुनी संघर्षपछि आफ्ना दुई छोरीलाई आमाको नामबाट नेपाली नागरिकता दिलाउन सफल भएकी छन्। जिल्ला प्रशासन कार्यालय मोरङले २६ वर्षीया आशा बराल र २० वर्षीया जिज्ञासा बराललाई नागरिकता प्रदान गरेको हो।
नागरिकता नहुँदा राज्यका सेवाबाट वञ्चित रहेका छोरीहरू अब अपांगता भत्ता र अन्य सुविधाका लागि योग्य भएका छन्। सर्वोच्च अदालतको परमादेशपछि प्रक्रिया अघि बढे पनि लामो अवरोध र ठगीको आरोपबीच अन्ततः नागरिकता जारी गरिएको हो।


