काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा सुन तोलामा ३ हजार रुपैयाँले घट्दै प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा झरेको छ।
चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घट्दै ४ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ। बजारमा दुवै धातुको मूल्य घट्ने क्रम जारी देखिएको छ।


