काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि तयारी सुरु गरेको छ। पार्टीले उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, समावेशी र योग्यतामा आधारित बनाउने जनाएको छ।
केन्द्रीय समितिको निर्णयअनुसार सह–महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। सो समितिले देशभरका क्षेत्रीय समितिबाट सुझाव संकलन गर्ने काम अघि बढाएको छ।
रास्वपाले स्थानीय तहमा योग्य र लोकप्रिय उम्मेदवार अघि सार्ने लक्ष्यसहित प्रक्रिया अझ व्यवस्थित बनाउने तयारी गरेको छ।


