काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट लेखन कार्य अर्थ मन्त्रालयमा तीव्र रूपमा अघि बढिरहेको छ। सरकारले जेठ १५ भित्र बजेट ल्याउने तयारी गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले का अनुसार स्रोत अभाव र खर्च क्षमताको सीमाका कारण यसपटक बजेटको आकार गत वर्षभन्दा सानो हुने संकेत देखिएको छ।
राष्ट्रिय योजना आयोगले करिब १८ खर्ब ९० अर्ब रुपैयाँको सिलिङ दिएको छ, जुन चालु वर्षको बजेटभन्दा कम हो। राजस्व संकलन कमजोर, सामाजिक सुरक्षा खर्च वृद्धि र ऋण भुक्तानीको दबाबले बजेट सीमित हुने अनुमान गरिएको छ।


