काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सरकारले संसद् छलेर अध्यादेश ल्याएको कदमलाई रहस्यमयी र अलोकतान्त्रिक बताएका छन्।
विपक्षी दलको बैठकपछि उनले सदनलाई बाइपास गरेर अध्यादेश ल्याउनु असंवैधानिक भएको टिप्पणी गरे।
थापाले राष्ट्रपतिलाई अध्यादेश फिर्ता गर्न आग्रह गर्दै व्यवस्थापिकाको अधिकार क्षेत्र मिचिएको भन्दै आपत्ति जनाए।


