काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने बताएका छन्।
संसदीय दलको बैठकमा उनले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासीको व्यवस्थापनका लागि सरकारले विशेष आयोगमार्फत समाधान खोज्ने बताए।
लामिछानेले समस्या समाधानका नाममा राजनीतिकरण नगर्न आग्रह गर्दै सबै नागरिकको गास, बास र रोजगारीको जिम्मेवारी सरकारले लिने स्पष्ट पारे।


