Friday, June 05, 2026
Home > आर्थिक समाचार > नेप्से दोहोरो अंकले घट्यो, कारोबार ४.९८ अर्बमा सीमित

नेप्से दोहोरो अंकले घट्यो, कारोबार ४.९८ अर्बमा सीमित

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ।

आज नेप्से २५.८१ अंकले घट्दै २७४४.४५ विन्दुमा झरेको हो। यसदिन करिब ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा कम हो।

कुल ३५१ कम्पनीमध्ये २३५ कम्पनीको सेयर मूल्य घट्दा ३० कम्पनी मात्रै बढेका छन्। कारोबारमा अधिकांश सेक्टरमा गिरावट देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *