काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल ओमानसँग डकवर्थ–लुइस (डीएलएस) प्रणालीका आधारमा १०२ रनले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण खेल रोकिएपछि ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याइरहेको नेपाल १५५ रनमै ७ विकेट गुमाएको अवस्थामा खेल टुंगिएको थियो।
ओमानले ३१ अंकसहित तालिकामा सुधार गर्दा नेपाल २२ खेलमा १४ अंकमै सीमित भएको छ।


