Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगर जुट मिल्स जग्गा खाली गर्ने तयारी, ६०० परिवार विस्थापनको डरमा

विराटनगर जुट मिल्स जग्गा खाली गर्ने तयारी, ६०० परिवार विस्थापनको डरमा

विराटनगर । ऐतिहासिक विराटनगर जुट मिल्सको जग्गा खाली गराउने सरकारी तयारीपछि स्थानीय बासिन्दामा आक्रोश र त्रास देखिएको छ।

करिब १४ बिघा क्षेत्रमा बसेका ६०० भन्दा बढी परिवारले विकल्पबिना हटाउन नहुने भन्दै विरोध गरेका छन्। उनीहरूले घरबारविहीन हुने खतरा रहेको भन्दै आन्दोलन गरेका छन्।

मिल्स प्रशासनले अनधिकृत बसोबास हटाउने प्रक्रिया अघि बढाएको बताएको छ। स्थानीयले भने मानवीय व्यवस्थापनबिना कदम नचाल्न सरकारलाई आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *