Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ‘स्ट्रिङ अपरेशन’ तीव्र हुँदा अख्तियार हिरासत भरियो

‘स्ट्रिङ अपरेशन’ तीव्र हुँदा अख्तियार हिरासत भरियो

काठमाडौं । घुस लिने कर्मचारीविरुद्ध ‘स्ट्रिङ अपरेशन’ तीव्र बनेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग को टंगालस्थित हिरासत भरिभराउ भएको छ।

१७–१८ जनाको क्षमता भएको हिरासतमा हाल १० जना कर्मचारी थुनिएका छन्। देशभरबाट पक्राउ परेकालाई केन्द्रमै ल्याउनुपर्ने बाध्यताले चाप बढेको अख्तियारले जनाएको छ। आवश्यक परे पक्राउ परेकालाई प्रहरी हिरासतमा सार्ने तयारीसमेत रहेको छ।

पछिल्लो समय विभिन्न निकायका प्रहरी, इन्जिनियर र सरकारी कर्मचारी घुससहित पक्राउ परेका छन्। मुद्दा दायर भएपछि मात्र हिरासत खाली हुने भएकाले चाप अझै बढ्न सक्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *