काठमाडौं । सरकारले एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल ले कानुनी र संवैधानिक विषयमा परामर्श अघि बढाएका छन्।
उनले अध्यादेशका प्रावधानबारे छलफल गर्न आज शीतल निवासमा संविधानविद् तथा कानुनविद्हरूलाई बोलाएका छन्। विशेषगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले नैतिक र कानुनी बहस बढाएको छ।
यसअघि समान प्रावधान अस्वीकार गरेका राष्ट्रपति पौडेलले परामर्शपछि मात्र प्रमाणीकरण गर्ने वा रोक्नेबारे निर्णय लिने बुझिएको छ।


