Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुन–चाँदीको मूल्य निरन्तर घट्दै

सुन–चाँदीको मूल्य निरन्तर घट्दै

विराटनगर । नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार ओरालो लागिरहेको छ। पछिल्ला केही दिनयता मूल्य घट्ने क्रम जारी रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज (बिहीबार) सुनको मूल्य तोलामा रु १,८०० ले घटेर प्रतितोला रु २ लाख ९२ हजार ७ सयमा कारोबार भइरहेको छ। बुधबार यो मूल्य रु २ लाख ९४ हजार ५ सय थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा रु १०५ ले घट्दै प्रतितोला रु ४ हजार ८ सय १० कायम भएको छ। बुधबार चाँदी रु ४ हजार ९ सय १५ मा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *