Friday, June 05, 2026
Home > स्थानीय समाचार > पाँचथरमा हावाहुरीले घर–विद्यालयमा क्षति, दर्जनभन्दा बढी संरचना प्रभावित

पाँचथरमा हावाहुरीले घर–विद्यालयमा क्षति, दर्जनभन्दा बढी संरचना प्रभावित

पाँचथर । बुधबार साँझ चलेको हावाहुरी र वर्षाका कारण पाँचथरका विभिन्न स्थानमा दर्जनभन्दा बढी घर तथा विद्यालयमा क्षति पुगेको छ। फिदिम, हिलिहाङ, फालेलुङ र याङवरक क्षेत्रमा टिनका छाना उडाउनेदेखि काठका संरचना भत्काउनेसम्मका क्षति भएको प्रहरीले जनाएको छ।

फिदिम नगरपालिका–१ मा मात्र दुई घरको छानो उड्दा किराना पसलसहित करिब साढे दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। अन्य प्रभावित क्षेत्रमा पनि भौतिक संरचनामा असर पुगेको छ।

घटनामा मानवीय क्षति नभए पनि केही परिवार विस्थापित भएका छन्। स्थानीय प्रशासन र प्रहरी टोलीले क्षतिको विवरण संकलन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *